पृथ्वी राजमार्ग आज राति बन्द हुने (सूचनासहित)

पृथ्वी राजमार्ग आज राति बन्द हुने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत गजुरी–गलौँदी सडकखण्ड सोमबार रातिदेखि ६ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक मर्मतसम्भार गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरिने जनाएको छ।

त्रिशूली नदीको कटानका कारण भासिएको सडकखण्डको थप मर्मतसम्भार गर्नुपर्ने भएकाले सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

यसअघि नदी कटानका कारण भासिएको सडक मर्मत गरी उक्त सडकखण्डमा दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो।

थप मर्मतको काम गर्नुपर्ने भएपछि केही समयका लागि यातायात बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।

सडक बन्द रहने समयमा यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र आफ्नो यात्राको योजना सोहीअनुसार बनाउन प्रशासनले आग्रह गरेको छ।

यस्तै, सवारी आवागमन बन्द हुँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गरेको छ।