काठमाडौं – अछाममा एक जना कर्मचारीले जागिरबाट निकालेको भन्दै आफैंलाई आगो लगाएका छन् । बयलपाटा अस्पतालका सफाइ कर्मचारी सिद्धार्थ आउजीले कामबाट निकालेको भन्दै आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
अस्प्ताल परिसरमा आगो लगाएपछि तत्काल कर्मचारी र प्रहरीले आगो निभाएका थिए ।
गम्भीर अवस्थाका उनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज पठाइएको छ ।




प्रतिक्रिया