सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनालाई कोरोना संक्रमण

सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनालाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीमा उपमेयरसहित ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विकसहित ३१ जना कोरोना संक्रमित थपिएका हुन् । उपमेयर विक नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् ।

संक्रमित हुनेहरुमा २९ जना पुरुष र २ जना महिला रहेका छन् । अधिकांश संक्रमित भारतबाट फर्किएका छन् ।

संक्रमित अधिकांश कोरोनाबाट मृत्यु भएका भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेसँगै भारतबाट नेपाल आएकाहरु छन् ।

संक्रमितमध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, एक जना शितगंगा नगरपालिकाका र एक जना पाणिनि गाउँपालिकाका रहेका छन् ।