बैतडीमा मलामी जानेलाई आइसोलेसनमा भर्ना

बैतडीमा मलामी जानेलाई आइसोलेसनमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको अन्तिम दाहसंस्कारका लागि मलामी जानेहरूलार्ई आइसोलेसनमा राखिएको छ । पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा मृत्यु भएका स्थानीय ३० वर्षीय युवकको दाहसंस्कार गर्न मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको हो ।

क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएकाले मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । उनीहरूलाई पाटनस्थित शैक्षिक तालिम केन्द्रमा बनाइएको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएको सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

शनिबार भारतबाट फर्किएका ती युवक एक्कासि बेहोस भएका र शनिबार राति नै मृत्यु भएको थियो । युवकको आइतबार क्वारेन्टाइनमा सँगै बसेका आफन्तले दाहसंस्कार गरेका थिए । मृतकको रिपोर्ट नआउँदासम्म उनीहरूलाई आइसोलेसनमा राखिने उहाँले बताउनुभयो । रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनमा रहेकालाई १४ दिन क्वारेन्टाइनमा राखी घर पठाइने र पोजेटिभ आए स्वाब संकलन गरी पीसीआर गरिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।