कोरोना संक्रमित भेटिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

कोरोना संक्रमित भेटिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – बाँकेको कोहलपुरस्थित नेपालगन्‍ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्ण रुपले बन्द गरिएको छ ।

शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।

अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिस गरेको पाइएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगन्‍ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ । रासस