पिठुवा खानेपानीले उपभोक्ता परिचय कार्ड घरघरमा टाँस्न थाल्यो

पिठुवा खानेपानीले उपभोक्ता परिचय कार्ड घरघरमा टाँस्न थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पिठुवा खाने पानी उपभोक्ता संस्थाले उपभोक्ता परिचय कार्ड घर घरमा टास्ने कामको सुरूवात गरेको छ । संस्थाले उपभोक्ताको सहजिकरणका लागि परिचय कार्ड घरघरमा टाँस्न थालेको हो ।

साथै लगत राख्न सहज हुने र मिटर रिडिङको सहजीकरणका लागि समेत यस्तो गरिएको संस्थाका अध्यक्ष आशिक तामाङले बताए । बुधबार बाग्मती प्रदेशसभा सांसद तथा नेकपा चितवन इन्चार्ज कृष्ण खनालले उपभोक्ताको घरमा परिचय कार्ड टाँसेर शुभारम्भ गरेका थिए ।

यसअघि संस्थाले लकडाउनको समयमा उपभोक्तालाई १० हजार लिटर पानीको महशुल छुट दिएर सहयोग गरेको थियो ।