आज कुवेतबाट तीन सय नेपाली स्वदेश फर्किने

आज कुवेतबाट तीन सय नेपाली स्वदेश फर्किने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतमा अलपत्र परेका ३ सय नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीका अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ । त्यस्तै पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ ।

कुवेतको जजिरा एयरलायन्सको २ जहाजमार्फत ३ सय नेपाली नागरिक नेपाल आउन लागेका हुन् ।

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जसअनुसार पहिलो चरणमा ३ सय नेपाली फर्कन लागेका हुन् ।