काठमाडौं – कुवेतमा अलपत्र परेका नेपाली लिएर दुईवटामध्ये एउटा विमान काठमाडौं अवतरण गरेको छ । १ सय ६१ जना नेपाली महिला लिएर विमान काठमाडौं अवतरण गरेको हो ।
जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो । यस्तै अर्को जहाज दिउँसो साढे १ बजे आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।
अब उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ ।




प्रतिक्रिया