अदालतद्वारा सलमान खानलाई जमानत

अदालतद्वारा सलमान खानलाई जमानत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत- भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उहाँका वकीलले बताएका छन् ।

‘एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गरेका छन्’ भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भने । ‘सम्भवत उहाँ शनिबार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।’

विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेतामध्येका सलमान खानलाई बिहीवार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो ।