काठमाडौं – मलेसियास्थित नेपाली दूतावासले चार्टर उडानमा तोकिएभन्दा बढी टिकट शुल्क उठाँदै आएको पाइएको छ ।
नेपाली दूतावास क्वालालाम्पुरले नेपाल फर्कन चाहने नेपालीहरुसँग तोकिएभन्दा दोब्बर टिकट शुल्क लिइरहेको पाइएको हो ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै मलेसियादेखि नेपालको चार्टर्ड उडानको टिकट दर हवाई सेवा प्रदायकहरुद्वारा अमेरिकी डलर पाँच सय २० अथवा अमेसियन रिंगिट २२२० तोकिएको जनाएको छ ।
काठमाडौंका एक जना ट्रभल एजेन्सीका कर्मचारीले पहिलेको तुलनामा चार्टर्ड उडान केही महँगो पर्न गएको बताए ।
‘चार्टर्ड उडान स्वभावैले महँगो पर्न जान्छ’, ती एजेन्सीका कर्मचारीले भने, ‘नेपालमा कोरोना भाइरसको संक्रमण आउनुभन्दा अगाडि नेपालबाट मैले २५ हजार रुपैयाँमा मलेसिया पठाएको थिएँ । तर, सरकारको लापरवाहीका कारण विदेशमा बस्ने नेपालीहरु चर्को शुल्क तिरेर नेपाल आउन बाध्य छन् ।’
नेपाल फर्किने तयारीमा रहेका मलेसियाबाट एक जना नेपालीले त्यही टिकट पहिले ७००/१००० रियलमा पाइने बताए । उनले अहिले आफूहरु दोहोरो मारमा परेको बताए । उनले परदेशमा काम छुटेको पीडा छुट्टै रहेका बेला सरकारले महँगो टिकट मूल्य राखेको उनको गुनासो छ ।





प्रतिक्रिया