लकडाउनको मोडालिटी परिवर्तन, असार १ गतेबाट के–के सञ्चालन हुन्छन् ? (सूचीसहित)

लकडाउनको मोडालिटी परिवर्तन, असार १ गतेबाट के–के सञ्चालन हुन्छन् ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ । अन्त्यावश्यक बाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ सम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्न सञ्‍चालन गर्ने निर्णयसमेत गरेको छ ।

खोल्न मिल्ने क्षेत्रमा फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, सञ्चार र हुलाक सम्बन्धी कार्यालय र सवारी साधन, बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा, नर्सरी र वन जन्य उद्यम खुला भएको छ । विकास आयोजना निजी क्षेत्रबाट प्रवद्धित पूर्वाधार र जलविद्युत आयोजना नदी तथा खानी जन्य पदार्थको उत्पादन, संकलन र बिक्री वितरण खुला, रेष्टुरेन्ट खान ल्याउर सेवा लिन सकिन्छ । प्याकिङ खान परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइदैन, क्वारेन्टाइनका लागि तोकिएका होटल र त्यसका यातायात साधन सञ्चालन गरिने अन्य सञ्चालन नगर्ने छन् ।

सरकारले शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र) अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूस तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतस सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनारस सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलनस सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थलस सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखानास स्पा, सैलुन तथा ब्युटी पार्लरस स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सपिङ मल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, यात्रुबाहक सार्वजनिक सबारी साधन(पर्यटक सवारी साधनसमेत) सञ्‍चालन गर्न नपाउने जनाएको छ ।