काठमाडौं – डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत यही २३ देखि २९ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर ‘लक्की ड्र’ सम्पन्न गरेको छ।
योजनाअनुसार शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नं ११० बाट ‘लाइभ लक्की ड्र’ प्रसारण गरिएको थियो। लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको केसआईडी नं ७१९१२२५३७०६ र ०२५५८०९९६८७ लाई बिजेता घोषणा गरिएको छ। बिजेताहरुलाई प्रतिव्यक्ति रु. एक लाख नगद उपहार प्रदान गरिने भएको छ।
बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ। अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ।




प्रतिक्रिया