काठमाडौं – शनिबार थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन्।
याेसंगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया