को हुन् भारत–चीन सीमामा मारिएका भारतीय कर्नेल र जवान ?

को हुन् भारत–चीन सीमामा मारिएका भारतीय कर्नेल र जवान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय र चिनियाँ सेनाबीचको झडपमा मारिएका भारतीय सैनिकहरु मध्ये एक कर्नेल तेलङ्गानाको सूर्यपेट जिल्लाका र एक सिपाही तामिलनाडुको रमानाथपुरम जिल्लाका भएको खुलेको छ ।

मारिएका कर्नेलको नाम सन्तोष बाबू हो, जो गत साढे एक वर्ष चिनियाँ सीमामा तैनात थिए । कर्नेल सन्तोषका बाबू बिहार रेजिमेन्टमा थिए । उनकी श्रीमती र दुई छोरा छन् ।

कर्नेल सन्तोषकी आमा मञ्जुलाका अनुसार उनलाई भारतीय सेनाले सोमबार दिउँसो सूचना दिएको थियो, जबकि कर्नेलकी श्रीमती दिल्लीमा बस्छिन् ।

सोही भिडन्तमा तमिलनाडुका ४० वर्षीय जवान पलानीको पनि सोही भिडन्तमा ज्यान गयो । उनका भाईले दिएको जानकारीअनुसार पलानी विगत २२ बर्षदेखि भारतीय सेनामा कार्यरत थिए ।

अर्का जवानकोभने परिचय खुल्न सकेको छैन् । पलानीका भाई इटायाकानी पनि सेनामा छन् । उनी राजस्थानमा तैनाथ छन् ।

उनले भने, ‘हिजो राती सेनाका कर्मचारीले मलाई बोलाएर भने मेरो दाई लद्दाखको झगडामा मारिए । म उनको अन्त्येष्टिका लागि राजस्थानबाट मेरो घर जाँदैछु ।’

इटायाकानीले भने कि उनले आफ्नो भाईसँग १० दिन अघि अन्तिम पटक कुरा गरेका थिए ।

उनले भने, ‘उनीहरूले मलाई भने कि तिनीहरू शहरबाट लद्दाख सिमानातिर जाँदै थिए जहाँ नेटवर्कको समस्या छ । त्यसैले उनीहरूले मलाई भने कि अर्को फोन गर्न समय लाग्छ ।’

उनले भने, ‘यो मेरो परिवारको लागि ठूलो क्षति हो । मेरो दिदी र भाउजू र दुई बच्चाहरु यस बखत कस्तो परिस्थितिको सामना गर्दैछौं म कल्पना गर्न सक्दिन ।’

यता चिनियाँ सरकार वा सेनाले चिनियाँ पक्षको कसैको मृत्यु वा घाइतेको बारेमा कुनै जानकारी दिएको छैन ।