भारतको दाबीः झडपमा चीनका कमाण्डिङ अफिसरसहित ४० जना मारिए

भारतको दाबीः झडपमा चीनका कमाण्डिङ अफिसरसहित ४० जना मारिए


एजेन्सी – भारत–चिनियाँ सैनिकबीच गलवान घाँटीमा भएको हिँस्रक झडपमा ४० भन्दा बढी चिनियाँ सैनिकको मृत्यु भएको भारतले दाबी गरेको छ ।

झडप भएको स्थाननजिकै ठूलो संख्यामा एम्बुलेन्स, घाइते र मृत्यु भएका चिनियाँ सैनिक स्ट्रेचरमा लगिरहेको देखिएको दाबी भारतीय सञ्चार माध्यम आजतकले दाबी गरेको छ । यसबाहेक गाल्भान नदीनजिक चिनियाँ हेलिकप्टरको आवागमन बढेको र त्यसले सैनिक ओसारिरहेको उसको दाबी छ ।

स्रोतका अनुसार झडपमा चीनका कमाण्डिङ अफिसरको पनि मृत्यु भएको बताइएको छ । उनले नै झडपको अगुवाई गरिरहेका थिए । त्यस्तै भारतीय सेनाका कमाण्डिङ अफिसरको पनि मृत्यु भएको थियो ।

भारतकाअनुसार उक्त हिँस्रक झडपका क्रममा चीनलाई ठूलो नोक्सान भएको दाबी गरेको छ । झडपमा पुगेका सैनिकले चिनियाँ सैनिकको मृत्युको संख्या ४० भन्दा कम नरहेको बताएका छन् । भारततर्फ २० जनाको मृत्यु भएको नाम सार्वजनिक भएको भारतीइ सञ्चारमाध्यमहरुले जनाएका छन् ।