एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई जस्तालाई त्यस्तै जवाफ फर्काउने चेतावनी दिएका छन् ।
सोमबार लद्दाखमा चिनियाँ सेनासँग भएको हिंस्रक भिडन्तमा परी मारिएका २० जना भारतीय सैनिकलाई श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री मोदीले यस्तो चेतावनी दिएका हुन् ।
‘हाम्रा सैनिकको बलिदान खेर जाँदैन भनी देशलाई सुनिश्चित गराउन चाहन्छु । हाम्रो लागि देशको एकता र सम्प्रभुता सबभन्दा महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘भारत शान्ति चाहन्छ तर आवश्यक परेमा जस्तालाई त्यस्तै जवाफ फर्काउने क्षमता हामीसँग छ । ’
प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र १५ राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल बैठक गरेका हुन् ।




प्रतिक्रिया