हमाल रथीमा बढुवा, शर्माले पाए बलाधिकृतरथीको जिम्मेवारी

हमाल रथीमा बढुवा, शर्माले पाए बलाधिकृतरथीको जिम्मेवारी


काठमाडौं – नेपाली सेनाका उपरथी ईश्वर हमाल रथीमा बढुवा भएका छन् । हमाललाई शुक्रवार बसेको मन्त्रिपरिषदको वैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई बलाध्यक्षरथीको जिम्मेवारी दिइएको छ । रथीमा बढुवा भएका हमाललाई सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयमा दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ ।

मन्त्रिपरिषदको बैठकले हाल बलाध्यक्षरथी रहेका प्रभुराम शर्मालाई बलाधिकृतरथीमा सरुवा गरेको छ । सेनामा दुई रथीमध्ये बलाधिकृतरथी शक्तिशाली मानिन्छ । शर्मा थापापछिको प्रधानसेनापति बन्ने लाईनमा छन् ।

हमाल हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भएर पनि नेपालमै रहेका छन् । लकडाउनका कारण उनले उक्त जिम्मेवारी सम्हाल्न पाएका छैनन् । उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन् ।