काठमाडौं – सरकारले बोर्ड आउट पोष्ट (बिओपी) को संख्या पाँच सय पुर्याउने रणनीति लिएको छ । गृहमन्त्रालयले देशभर बिअोपीको संख्या पाँचसय पुर्याउने रणनीति लिएसँग बिओपी स्थापना पनि धमाधम भइरहेको छ ।
गत जेठ महिनामा मात्र सशस्त्रको ९ वटा बिओपी स्थापना भएको छ । जसमध्ये ८ वटा बिओपी सुदुरपश्चिम प्रदेशमा रहेका छन् । भने एउटा मुस्ताङको लोमान्थाङमा स्थापन भएको छ ।
गृहमन्त्रालयले सिमामा बिओपी संख्या पाँच सय पुर्याउने तयारीसँगै २२१ वटा बिओपीको प्रस्ताव मन्त्रिपरिषदले समेत स्वीकृत गरिसकेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालय सम्हाल्नुअघि सिमाक्षेत्रमा ८७ वटा बिओपी रहेकोमा अहिले १२९ पुगेको छ ।





प्रतिक्रिया