गोरखा – गोरखामा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा बुधबार टिपरले ठक्कर दिँदा सेनाका पाँच जना घाइते भएका छन् ।
लु १ क ३८४६ नम्बरको टिपरले बुधबार दिउँसो बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई ठक्कर दिँदा नेपाली सेनाका पाँच जना घाइते भएका हुन् ।
रणसिँह दल गणमा कार्यरत उनीहरुमध्ये एक जनालाई गम्भीर चोट लागेको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ । टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।




प्रतिक्रिया