काठमाडाैं – शुक्रबार बिहान गण्डकी प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १९ जना , तनहुँमा ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना संक्रमित भेटिएका हुन् ।




प्रतिक्रिया