बडादसैँ

१ लाख ३० हजार यात्रुले लिए अग्रिम टिकट

१ लाख ३० हजार यात्रुले लिए अग्रिम टिकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बडादसैँ नजिकिएसँगै काठमाण्डु उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न नाका हुँदै ७८ हजार १३८ यात्रु बाहिरिएका छन्।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म सार्वजनिक यातायातमार्फत एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

दसैँका लागि हालसम्म एक लाख ३० हजार १२९ यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्।

काठमाण्डुबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।

तर, विभिन्न राष्ट्रिय राजमार्गको बिग्रिएको अवस्थाका कारण सवारीसाधन व्यवस्थापन र यात्रालाई सहज बनाउन समस्या भइरहेको यातायात व्यवसायीले बताएका छन्।

यातायात व्यवसायी महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।