काठमाडौं – नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको सूचीअनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकमा परेको हो ।
विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।
सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । विश्व बैंकले आयका आधारमा चार भागमा मुलुकहरुको वर्गिकरण गरेको छ । बैंकले १०३६ डलरभन्दा न्यून प्रतिव्यक्ती भएका मुलुकलाई न्यून आय भएका मुलुकमा गणना गरेको छ ।
त्यस्तै यो वर्ष १०३६ देखि ४०४५ डलरसम्म आय भएका मुलुक न्यून मध्यम आय, ४०४५ देखि १२५३५ डलरसम्म आय भएका मुलुक उच्च मध्यम आय र १२५३५ माथि आय भएका मुलुक उच्च आय वर्गमा राखेको छ ।





प्रतिक्रिया