कोरोनाबाट बानेश्वरका एक पुरुषको मृत्यु

कोरोनाबाट बानेश्वरका एक पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बानेश्वर बस्ने एक जना पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन् ।

काठमाडौं बानेश्वरका ८५ वर्षीय पुरुषको काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उच्च रक्तचाप र पार्किन्सनका बिरामी उनी मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएको र असार १७ गते राति मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।