बझाङको केदारस्युँमा पहिरोले १७ घर पुरिए, ७ जना बेपत्ता

बझाङको केदारस्युँमा पहिरोले १७ घर पुरिए, ७ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा पहिराले बगाउदा १७ घर पुरिएको स्थानीयले बताएका छन् ।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाईसकिएको तर घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए ।

डिएसपी बमले भने, ‘पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको ठाउंसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’

अबिरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए ।उनका अनुसार पहिराेमा परि ७ जना बेपत्ता भएका छन् ।