२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?

२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो।

यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ।

तर यस वर्ष जुन १९ अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ।

मनसुन बाहिरिने सरदर अवधिमा यस वर्ष नेपालमा औसत वर्षा भएको महाशाखाले जनाएको छ। यद्यपि, भौगोलिक क्षेत्रअनुसार वर्षाको मात्रा फरक रहेको छ। तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ।

मौसमविद्का अनुसार मनसुन पूर्णरूपमा बाहिरिएसँगै आगामी केही दिन मौसम मुख्यतः घमाइलो रहनेछ। पहाडी भेगका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि समग्रमा दशैंको समयमा मौसम अनुकूल र घमाइलो रहने पूर्वानुमान गरिएको छ।