बझाङ पहिरो : दुइ जनाको शव फेला पर्‍यो

बझाङ पहिरो : दुइ जनाको शव फेला पर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शब फेला परेको छ । पांच जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

११ बर्षीय प्रयाग जेठारा र ७ बर्षीय अस्मिता जेठाराको शव भेटिएको हो। यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण आइसकेको छैन । गाउँलेहरुले नै पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीय लोकेन्द्र विकले बताए ।