गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयबासीको अवरोध

गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयबासीको अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – कोरोना भाइरस संक्रमणले शनिबार बिहान मृत्यु भएका गोरखाका संक्रमितको शव व्यवस्थापनमा स्थानीयबासीले अवरोध गरेका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। ती पुरूषको शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेपछि स्थानीयबासीले विरोध गरेका हुन्।

केही बेरमा लुदी दोभानमा शव लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द गुरुङले जनाए । केही स्थानीय भेला भएर विरोध गरेपछि प्रहरी टोली परिचालन गरी सम्झाउने काम भइरहेको छ। पालुङटार घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्न उपयुक्त नरहेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

स्थानीय बासिन्दाको अवरोधपछि गोरखा अस्पतालमा रहेको शव त्यसतर्फ लैजान सकिएको छैन। गोरखा सदरमुकामबाट करिब १८ किमी टाढा लुदीरदरौंदी दोभानमा शव व्यवस्थापन गर्न लागिएको हो। स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पिपिईलगायत सामग्री लगाएर नेपाली सेनाका चार जनाले शव व्यवस्थापन गर्नेछन्। मृत्तक असार १६ गते मात्र कतारबाट नेपाल फर्किएका थिए ।