कोरोनाको कारण अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

कोरोनाको कारण अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला विशेष सल्लाहकारको कोरोना भाइरसको कारण मृत्यु भएको छ । राष्ट्रपतीय कार्यालयले विज्ञप्ती जारी गर्दै सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अफगानिस्तानमा कोरोना भाइरसबाट ८ सय १९ जनाको मृत्यु भएको छ भने ३२ हजारभन्दा बढी संक्रमित भएका छन् ।