लहानमा रिक्सा मजदुरले निकाले खबरदारी जुलुस

लहानमा रिक्सा मजदुरले निकाले खबरदारी जुलुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह

सिरहा – लकडाउन बाट प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्सन गरेको छ। लकडाउनको कारण रोजगारी गुमाएका सिटि रिक्सा चालकहरुले आफ्नो माग राख्दै नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन्।

नेपालमा बन्दाबन्दी भएको ३ महिना नै नाग्गियो सरकारलाई गरिब प्रतिको माया कहाँ छोपेर छोप्यो गरिबको दुखेसो छ। नेपाल सरकारको कस्तो निति छ हुने खाने ले सबैले हेर्छ न हुने लाई कसैले हेर्दैन गरिबहरु झन प्रभावित भएका छन्। गरिब ,बिपन्न परिवारलाई कसैले हेर्दैन सरकार प्रतिको बिश्वासनियता गरिबको घाटदै गरेको चालक सिब कुमार महतोले बताए।

नेपालमा लकडाउन खुकुलो भयो सबै पसलहरु खुला छन् तर सिटि रिक्सा श्रमिक हरु मार्मा परेका छन्। उनीहरु तिन महिना देखि रिक्सा चलाउन न पाउदा परिवारको छाकटार्न गाह्रो छ । उनिहरु रिक्सा किन्दा धेरैले बैंकक बाट ऋण ,कर्जा लिएर रिक्सा खरिद गरेको छ। तिन महिना देखि रिक्सा चलाउन नपाउदा बैंकको ब्याज तिर्न ठुलो समस्या भएको बताए ।

सिरहाको लहान नगर भित्र रहेको ९६ जना रिक्सा ब्यसाय गरेर जिबिको पार्जन गर्ने रिक्सा चालकहरु अ -आफ्नो सबारी लिएर खबरदारी कार्यक्रममा सडकमा और्लिएका हुन । लहान ३को पुरानो बसपार्क देखि सुरु गरिएको बिरोध र्याली लहान भरि पर्दर्शन गरेर मकालु बस बुकिङ काउनटर र जय नेपाल चिया पसल अगाडि कोणसभामा परिनत गरेका थिए ।

रिक्सा संघको अध्यक्ष मनोज मण्डलको अध्यक्षता कार्यक्रम भएको थियो भने नेपाली काङ्ग्रेस ट्रेडयुनियनका जिल्ला सभापति संजय उपाध्यय , युवा नेता तथा समाज सेबि महेश चौधरीले भने अहिलेको सरकार गरिब जनता लाई यो सरकार भोखै मार्न लागेको छ् यति रिक्सा ब्यबसायहरुलाई समाजिक दुरी लाई ध्यानमा राखी चलाउन दिएन भने हामी जनता लहानको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पनि पछाडि नहटने चेतावनी दिए ।

कार्यक्रममा लहान ६ का वडा अध्यक्ष अरुण केसि ले पनि रिक्सा श्रमिकको अधिकारको लागी जोड दार अवाज उठाएका थिए ।काङ्ग्रेसका नेताहरुमा अछ्मित लाल चौधरी , महासमिति सदस्य राम गणेश दास ,नेबिसंघका जिल्ला सभापति सित प्रसाद चौधरी , संजय यादव ,युवा नेता पपु यादव , राम कृष्ण यादव लगायतका दर्जनौं संघका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन विद्यार्थी नेता नबिन कुमार यादवले गरेकाे आयोजक मण्डले जानकारी दिए ।