आज मंगलबार, कुन राशिका लागि राम्रो?

आज मंगलबार, कुन राशिका लागि राम्रो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं.२०७७ साल आषाढ २३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई ०७ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपार्ईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् ।  राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो दुरिको धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरीएको लगानी बाट सन्तोषजनक नाँफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । भौतिक सम्पती तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्राका क्रममा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउँने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग समय व्यातित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउँदा मन हर्सित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम कमाउन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ ।