काठमाडौं – अछामको मंगलसेनमा बुहारीमाथि ससुराले कुटपिट गरेको भन्ने सामाजिक सञ्जालमा सार्वजनिक भिडियो अछामको नभई उक्त घटना भारतमा भएको खुलेको छ ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय अछामले छानविन गर्दा सो घटनामा संलग्न परिवारका सदस्यहरु हाल अछाममा नभई भारतको महाराष्ट्रमा भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।
भिडियोमा एक पुरुषले एक महिलामाथि दर्दनाक कुटपिट गरेको देखिन्छ । उक्त भिडियो नेपालको अछाममा भएको भन्दै प्रहरीलाई तत्काल छानविनको माग गरिएको थियो ।




प्रतिक्रिया