झापाका विभिन्न स्थानमा डुबानमा परेकाहरुको उद्धार गर्दै प्रहरी

झापाका विभिन्न स्थानमा डुबानमा परेकाहरुको उद्धार गर्दै प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – झापाका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र सालमारालगायतका अन्य विभिन्न स्थान डुबानमा परेका छन् ।

डुबानमा परेका र जोखिममा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो ।

झापास्थित विभिन्न स्थानमा डुबानको जोखिममा परेका १५७ घर परिवारका करिब सात सय मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।