पर्सा – पर्साको ठोरीस्थित सीता गुफानजिकै रहेको नेपाल–भारत सीमास्तभ उखेलेर फालेको ५÷६ घण्टापछि पुनः गाडिएको छ ।
ठोरी गाउँपालिका–२ स्थित सीता गुफानजिकै रहेको ४३५ नम्बरको सीमा स्तभ शनिबार दिउँसो उखेलेर फालेको अवस्थामा फेला परेको थियो । नेपाल–भारतका प्रतिनिधिको रोहबरमा सीमा स्तम्भ पुनः गाडिएको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले बताए ।
शनिबार बिहान स्थानीयले सीता गुफा क्षेत्रमा कलशयात्रा, भजनकीर्तनसहित पूजाआजा गरेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीकाअनुसार सीता गुफामा सर्वसाधारणलाई केही दिनका लागि प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।
उक्त क्षेत्रमा पत्रकारलगायत विशिष्ट व्यक्तिलाई भने शसस्त्रको सुरक्षामा अवलोकन गर्न दिइनेछ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले शनिबार राती ९ बजे नै नेपाल र भारतका सुरक्षाकर्मीलगायतको रोहबरमा सीमा स्तम्ब गािडएको जानकारी दिए ।
एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा पर्ने बताएपछि सीता गुफा क्षेत्रमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।




प्रतिक्रिया