काठमाण्डुमा डिउटीमा खटिएका प्रहरीमाथि आक्रमण, २ जना पक्राउ

काठमाण्डुमा डिउटीमा खटिएका प्रहरीमाथि आक्रमण, २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

काठमाण्डु महानगरपालिका–३१ ठुलो खरिबोटस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्का लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो–हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात समेत गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा घाइते भएका १ जना प्रहरी कर्मचारीको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।