एजेन्सी – कोलम्बियामा एक हेलिकोप्टर दुर्घटना हुँदा नौं जना सैनिकको मृत्यु भएको छ ।
कोलोम्बियाका फार्क विद्रोही विरूद्धको अभियानका लागि उडेको सैनिक सवार यूएच–६० ब्ल्याक हक हेलिकप्टर मंगलबार दुर्घटनामा परेको कोलम्बियाली सेनाले जनाएको छ । दुर्घटना के कति कारणले भयो भन्ने बारेमा कोलम्बियाली सेनाले अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ ।
जंगल क्षेत्रमा भएको सो घटनामा अन्य ६ सैनिक घाइते हुनुका साथै दुई जना वेपत्ता छन् । हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा फार्क विद्रोहीहरूको प्रभाव क्षेत्र मानिन्छ ।




प्रतिक्रिया