आजबाट मापसे चेकिङ सुरु, सार्वजनिक यातायातमा महिला प्रहरीको छड्के टोली परिचालन

आजबाट मापसे चेकिङ सुरु, सार्वजनिक यातायातमा महिला प्रहरीको छड्के टोली परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय ट्राफिक महाशाखाले आजबाट मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन अन्त्य भएको बताएसँगै ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो । यस्तै आजबाटै लागु हुने गरि लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

एसएसपी ढकालका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्नेछ । ढकालले भने, ‘हामी पुरानै अवस्थामा सक्रिय हुन्छौं । लकडाउन हटेसँगै नियमविपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही पनि हुन्छ ।’

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्के टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताए । महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अनुमगन गर्नेछ ।