काठमाण्डु – रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–१ गमहरीयामा लालबकैया खोलाको लच्कापुल तर्ने क्रममा बीच भागमा अलपत्र परेका सात जनाको सशस्त्र प्रहरी टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ ।
सो लच्कापुल तर्ने क्रममा केही व्यक्तिहरु बीच भागमा पुगेपछि बाढिको प्रभावले त्यस ठाउमा अड्कीएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लक्ष्मीपुरबाट एपीएफ टोली खटिएको थियो ।
यसैगरी पर्सा जिल्लाको छिपहरमाई गाँउपालिका १ स्थित ओरिया खोलामा पानीको बहाब बढ्न गई सोही ठाउँ बस्ने नन्दु साहको घर डुवानमा परेर सो घर भित्र अलपत्र परेका ९ जनाको एपीएफ टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ। सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट एपीएफ टोली खटिएको थियो ।

यसैगरी झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ७ स्थित मुर्तिडाँडामा पहिरो गई तेजराज बराईलीको घर पुरिदा मेची नगरपालिका ९ मागुरबारी बस्ने १५ वर्षीय बिबेक दंगाल बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश टिमाईबाट एपीएफ टोली खटिई गई उनको खोज तथा उद्वार कार्यमा जुटेको छ ।
यसैगरी रौतहट जिल्लाको कठरिया नगरपालिका १ भोसेरुवा बस्ने २५ वर्षिय बैजु यादव स्थानीय बकैया खोलामा बाढिले बगाएर ल्याएको दाउरा तान्ने क्रममा साउन ७ गते खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलशैयाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेको छ ।
यसैगरी लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका ३ तरापुमा साउन ७ गते पहिरो जाँदा १८ घर पुरिएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म लमजुङ्गबाट खटिएको एपीएफ टोली र स्थानीय वासिन्दाले उक्त पहिरोमा परेका दुई जनाको सकुशल उद्वार गरेको छ ।




प्रतिक्रिया