नेपाली सेनाको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सम्पन्न

नेपाली सेनाको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सम्पन्न भएको छ । श्रावण १ गतेदेखि संचालन भएको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सप्ताह आज बलाधिकृत रथी प्रशुराम शर्माले त्रिभुवन आर्मी अफिसर्स क्लबको सभाहलमा एक विशेष कार्यक्रमकाबीच समापन गरेका हुन् ।

सप्ताहको समापन गर्दै बलाधिकृत रथी शर्माले संविधान प्रदत्त जिम्मेवारीलाई निसङ्कोच बहन गर्नको लागि कटिवद्ध नेपाली सेनाको सबैभन्दा सुक्ष्म इकाईको रुपमा रहेको व्यक्तिले आफु स्वयमलाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशिल बनाउनुपर्ने बताएका थिए ।

उनले कार्य सम्पादनको सिलसिलामा आउन सक्ने दुविधाहरुलाई निराकरण गर्न सबैले आफ्नो मन, वचन र कर्मलाई शुद्ध बनाउन अपरिहार्य रहेको उल्लेख गर्दै सेवामा रहँदा मात्र नभई सेवा निवृत्त भएपछि पनि सकलदर्जाले सैनिक मर्यादा पालना गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

सप्ताहव्यापी उक्त कार्यक्रममा कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखी सञ्चालन गरिएको थियो भने कार्यक्रमलाई नेपाली सेनाका सबै युनिटहरुमा अवलोकन गर्न मिल्ने गरि Live Multicast समेत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितीमा आफ्नो भूमिका र जिम्मेवारीहरुलाई संयमताका साथ सुझबुझपूर्ण तवरले सम्पादन गर्न आवश्यक विषयवस्तु समावेश गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा लगायत रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो ।

यो कार्यक्रम संचालनबाट नेपाली सेनामा कार्यरत सकलदर्जा बीच विश्वासको वातावरण सिर्जना भई थप अनुशासित, नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ ।