शुक्रबार १ सय ३३ जना कोरोना संक्रमित थपिए

शुक्रबार १ सय ३३ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा शुक्रबार कोरोना भाइरसका १ सय ३३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ८३ रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । देशभर शुक्रबार मात्र १०७ जना निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ । त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।