पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंको शुभकामना दिएका छन्। शाहले शुक्रबार बिहान शुभकामना सन्देश जारी गर्दै विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमा शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।

उनले भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदलेर अघि बढ्न आग्रह गरेका छन्।

‘क्षतिग्रस्त भौतिक संरचनाको द्रुत पुनर्निर्माण र पीडितको तत्काल पुनस्थापनालाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्। बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परा जोगाउन कूटनीतिक सजगता अपनाउनुपर्छ’, शाहले भनेका छन् ।

देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र प्रशासनिक क्षेत्र अन्योलको स्थितिमा रहेको भन्दै प्रजातान्त्रिक विधि-प्रक्रियालाई सुदृढ बनाएर अर्थतन्त्र उकास्न सबै पक्ष गम्भीर हुनुपर्ने सन्देशमा उल्लेख छ।

नयाँ पुस्ताले जिम्मेवारी लिएर देशलाई आशावादी बनाउने विश्वास व्यक्त गर्दै उनले विभाजित होइन एकीकृत, र परनिर्भर होइन आत्मनिर्भर नेपाल निर्माणका लागि आह्वान गरेका छन्।

Skip This