पहिरोले गोरखाको नौनीखोला थुनियो, करिव ८० घरधुरी जोखिममा

पहिरोले गोरखाको नौनीखोला थुनियो, करिव ८० घरधुरी जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो जाँदा खोला थुनिएको हो ।

गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार पहिरोले खोला थुनिएपछि त्यसमुनीका गाउँ जोखिममा परेका छन् । मापु डाँडा नै भासिएर झरेको पहिरोले खोला थुनेको हो । पहिरो झर्ने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको स्थानीयले बताएका छन् ।

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । खोला थुनिएपछि त्यस आसपासको बाटोबाट पैदल आउजाउ पनि बन्द गरिएको छ ।