नेपाल–भारत सीमामा झडप, सशस्त्र प्रहरीका जवान घाइते

नेपाल–भारत सीमामा झडप, सशस्त्र प्रहरीका जवान घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – नेपाल भारत सीमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र भारतीयबीच झडप भएको छ । जिल्लाको परोहा नगरपालिका–८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो ।

भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुद्धारा रोक्ने क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले बोकेको हसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।