भक्तपुरमा प्रहरीलाई १४५ रुपैयाँ घुस दिन खोजेपछि…

भक्तपुरमा प्रहरीलाई १४५ रुपैयाँ घुस दिन खोजेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ विराटनगर उपमहानगरपालिका–१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षीय जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बा.९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले प्रहरीलाई १ सय ४५ रुपैयाँ दिई प्रलोभनमा पार्ने खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।