काठमाण्डु – प्रहरीले बलात्कारको आरोपमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका–२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका पक्राउ गरेको छ ।
ती बालिकालाई गत असार १३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने महानगरीय प्रहरी बृत्त सातदोबाटोमा शुक्रबार जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले ललितपुर एकान्तकुनाबाट कार्कीलाई पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले रोल्पामा ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
रोल्पा नगरपालिका–१ खेवासे बस्ने ३६ वर्षीय शेर बहादुर पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पुनले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रुकुम (पूर्व), २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका–८ स्यालापाखा बस्ने २४ वर्षीय देविलाल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया