विराटनगर — प्रदेश १ प्रहरी कार्यालय विराटनगरका १९ जना प्रहरी कोरोनाबाट संक्रमित भएका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १८ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पाइएको हो ।
प्रदेश प्रहरी प्रवक्ता एवं एसपी दीपक पोखरेलले कार्यालयका थप १९ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण भएको पुष्टि गरे ।
गत बिहीबार कार्यालयमा कार्यरत एक सय ५० जनाको स्वाब संकलन गरिएको थियो । ती स्वाब विराटनगर र बीपी प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया