काठमाण्डु – सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालाले श्रीमती गिता कोइरालाको हत्या नै भएको जिकिर गरेको छ ।
आइतबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, बमकुमार श्रेष्ठ र कुमार रेग्मीको पूर्ण इजलासले कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले दिएका आदेश पुनरावलोकन गर्न आदेश दिएको छ । अब उक्त मुद्दाको सुनुवाइ भएको हो ।
‘रञ्जन कोइरालाले मौकामा सावित भई अदालतमा बयान गर्दा आरोपित कसूरलाई इन्कार गरी आफ्नो व्यहारो लेखाएको पाइयो । प्रस्तुत पारदात हेर्दा प्रतिवादी रञ्जनले घटना घटाउँदा र घटना घटेपछि मृतकको लाश लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितव्य हो की भनी मान्न मिल्ने अवस्था छैन् । प्रतिवादी उपर आरोपित कसुर कायम भई सजाय समेत ठहर भएकोमा विवाद देखिएन’, सर्वोच्चले भनेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको असार १५ गतेको इजलास पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिने निर्णय गरेको हो ।
गत बिहीबार उनी जेलबाट छुटेपछि सरकारी वकिलको कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो । उक्त निवेदनउपर प्रधानन्यायाधीश राणाले तीन जनाको पूर्ण इजलाश तोकेका थिए ।
उक्त इजलाशले पुनः सुनुवाई गर्ने अनुमति दिएको छ । सोहीअनुसार प्रधानन्यायाधीशले गरेको फैसला सहि वा गलत के छ भन्ने जाँच गर्नेछ ।
गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशतेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिनामा रिहा गरेपछि सरकारले पुनरावलोकनका लागि सर्वोच्चमा मुद्धा दर्ता गराएको थियो ।






प्रतिक्रिया