प्रहरी हेडक्वार्टरमै २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि, कन्ट्याक ट्रेसिङ सुरु

प्रहरी हेडक्वार्टरमै २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि, कन्ट्याक ट्रेसिङ सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरस संक्रमणदर बढेसँगै नेपाल प्रहरीमा पनि कोरोना भाइरस संक्रमणदर बढ्दै गइरहेको छ ।

पछिल्लो तिन दिनमा नेपाल प्रहरीको मुख्यालय नक्सालमै कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो दिन प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना प्रहरीमा संक्रमण देखिएपछि उनीहरूसँग सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा एकैदिन हिजो (सोमबार) २३ जनामा संक्रमण देखिएको हो । कोभिड देखिएका प्रहरीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ प्रक्रिया अगाडि बढाएको प्रहरी प्रवक्ता एआईजी निरज शाहीले जानकारी दिए । त्यस्तै प्रहरी प्रधान कार्यालय नक्सालमा एकदम जरुरी काम परेकालाई बाहेक सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

त्यस्तै सोमवारमात्र स्याङ्जा जिल्लाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरीमा कोभिड–१९ देखिएको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत १९ जनामा आइतबार कोभिड पोजेटिभ पुष्टि भएको थियो । अहिलेसम्म १ सय ८४ जना प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिसकेको छ भने ९९ जना उपचारपछि काममा फर्किसकेका छन् ।