काठमाण्डु – प्रहरीले काठमाण्डुबाट १५ किलो अवैध सुन बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको हो ।
प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए । सुन नक्कली हो कि सक्कली हो भन्ने विषयमा प्रहरीले जाँच गरिरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।




प्रतिक्रिया