बारा – जिल्ला प्रहरी कार्यालय बाराले मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमहानगरपालिका–१ भारतचोकमा कोभिड–१९ सम्बन्धी जनचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा स्थानीय व्यापारी, पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।
हालसम्म जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाई हिँड्ने २ हजार २ सय ५७ जना व्यक्तिहरूलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरी २ लाख २५ हजार ७ सय राजश्व समेत संकलन गरेको उक्त कार्यालयले जनाएको छ ।




प्रतिक्रिया