ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ‘दुई जनामा पुष्टि भइसकेको छ । उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छौं,’ उनले भने ।

कोरोना देखिएपछि उनीहरु बस्दै आएको शाखा सिल गरिएको छ भने संक्रमितलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।